चैत्र १३ । बलिउडका लेजेन्ड अभिनेत्री निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ। उनको मुम्बईस्थित सरला नर्सिङ होममा मृत्य भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् १९४९ देखि १९६५ सम्म उनले बलिउडमा अभिनय गरेकी थिइन्। त्यसबेला प्रख्यात अभिनेत्रीको रुपमा उनले आफूला चिनाएकी थिइन्। उनको आफ्नो नाम नवाब बानो हो। बलिउडमा प्रवेश गरेपछि उनले आफ्नो नाम निम्मी बनाएकी थिइन्।
उनले पहिलो बरसातमा काम गरेकी थिइन्। उनलाई राज कपुरले बलिउडमा ब्रेक दिएका थिए। त्यसपछि उनले वे आन, उडन खटोला, भाइ भाइ, कुन्दन, मेरे महबुबजस्ता हिट फिल्ममा काम गरेकी थिइन्।
Facebook Comments