जनकपुरधाम, चेत्र १३ । ‘लकडाउन’ को मौकाछोपी कालोबाजारी गर्ने तीनजना जनकपुरबाट पक्राउ परेका छन्। मूल्य बढाएर आलु र प्याज बेच्ने तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का प्रदिप अग्रवाल, अंकित साह र विकासकुमार साह पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ।
बजार अनुगमनको क्रममा पसलमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु र प्याज बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Facebook Comments


























