चितवन, चैत्र १३ । चैत १२ गतेबाट चैते नवरात्रि शुरु भएको छ। चैत १९ गते अष्टमीका दिन चैते दशैं मनाएर नवरात्र सम्पन्न हुन्छ।
यस अवधीमा गुरु अर्थात बृहस्पति ग्रहले आफ्नो राशी परिवर्तन गर्नेछ। बृहस्पती चैत १६ गते रातको ७ बजेर २३ मिनेटबाट मकर राशीमा प्रवेश गर्नेछ।
वैदिक ज्योतिष अनुसार बृहस्पतीको यस राशी परिवर्तनलाई अनुकूल मानिन्छ। किनकी देव गुरु बृहस्पतीको दृष्टि अमृत समान मानिने गरिन्छ। बृहस्पती एक शुभ ग्रह हो र यसले अधिकाशं राशीलाई राम्रो परिणाम दिने गर्दछ।
Facebook Comments


























