चैत्र १२ । बुधवार भारतले कडीकडाउका साथ बन्दाबन्दी (लकडाउन) गरेको छ। देशका एक अर्ब ३० करोड मानिसलाई घरैमा बस्न भनिएको छ।
राजधानी नयाँ दिल्लीका भीडभाड हुने ठाउँमा आएका मानिसलाई प्रहरीले डण्डा हिर्काएर भगाएको छ। कोरोनाभाइरस फैलिन नदिनका लागि अभूतपूर्व उपाय अपनाउँदै कसैलाई पनि घरबाट बाहिर निस्कन दिइएको छैन।
मंगलवार राति बन्दाबन्दीको घोषणा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पानी, बिजुली, स्वास्थ्य सेवा, अग्निनियन्त्रण सेवा, खाद्यान्नका पसल लगायतका अत्यावश्यक सेवा मात्र उपलब्ध हुने बताए।
Facebook Comments