११ चैत, चितवन- कोरोना भाइरस (कोभीड-१९) को संक्रमण रोकथामका लागि कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारि गर्दै उनले यो कुरा जनाएका हुन्। उनको पारिश्रमिक प्रति महिना ७४ हजार दुई सय ४० रुपैयाँ छ।

उनका अनुसार सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा उक्त रकम जम्मा गरिनेछ जसमा सांसद, जनप्रतिनिधि, सरकारी कर्मचारी, निजी तह तथा स्थानीयबाट रकम जम्मा भइरहेको छ।
संक्रमण फैलन नदिनका भन्दै सरकारले सतर्कता र रोकथामका लागि मंगलबारदेखि १ साता देशभर ‘लकडाउन’ गरेको छ।
Facebook Comments