काठमाडौं, चैत्र ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को जोखिमबाट बच्न घर बाहिर ननिस्कन आग्रह गरेका छन्।
पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले घरबाहिर ननिस्की सरकारले घोषणा गरेको लक डाउनलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न आग्रहसमेत गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक अपिल सार्वजनिक गर्दै उनले सो आग्रह गरेका हुन्। ‘स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु, कोरोना भाइरसले विश्वभरि नै महामरीको रुप लिएको तपाईँहरु सबैलाई थाहा नै छ। यो कठिन घडीमा म तपाईँहरु सबैलाई घरमै बसेर अधिकतम सचेतना अपनाउनु हार्दिक अनुरोध गर्दछु,ु देउवाले जारी गरेको आग्रहमा भनिएको छ।
Facebook Comments