चैत्र ११ । यसै बर्ष आयोजना हुने तय भएको टोकियो ओलम्पिक २०२० एक वर्ष स्थगित हुन सक्ने बताईएको छ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिका सदस्य डिक पाउण्डले कोरोनाको प्रभावका कारण ओलम्पिक एक वर्ष स्थगित हुन सक्ने धारणा राखेका हुन्। ब्रिटिस ओलम्पिक कमिटिका अध्यक्ष टोकियो ओलम्पिकमा आफ्ना खेलाडी पठाउन नसक्ने बताएको केही समयमा पाउण्डको सो भनाई बाहिर आएको हो।
अष्ट्रेलिया र क्यानाडाले यसअघिनै टोकियो ओलम्पिकमा आफुहरु सहभागी हुन नसक्ने बताईसकेका छन्।
‘प्राप्त सूचनाका आधारमा स्थगितको निर्णय भएको छ।’ उनले भनेका छन्, ‘अगाडी बढ्ने सिमाहरु निर्धारण भएका छैनन्। तर जुलाई २४ मा खेलहरु सुरु हुन गईरहेका छैनन। जुन मलाई थाहा छ।’
अन्तराष्ट्रिय ओलम्पिक कमिटिले प्रतियोगिताको बिषयमा निर्णय गर्न चार हप्ताको समय माग गरेको छ। तर आईओसीका भेट्रान सदस्य पाउण्डले निर्णय चाँडै सार्वजनीक हुने बताएका छन्।
‘यो आउने क्रममा रहेको छ।’ उनले भनेका छन्।
‘हामी यसलाई स्थगित गर्नेछौ। र यसलाई सार्न सबै अवरोधहरुसंग सम्झौता गर्नेछौ। जुन ठुलो छ।’ उनले थपेका छन्।
क्यानडा र अष्ट्रेलियाले यसअघिनै समरमा हुने टोकियो ओलम्पिकमा आफु सहभागी नहुने प्रष्ट पारिसकेका छन्। एजेन्सी