चैत्र ११ ।अजरबैजानमा आयोजना हुने फर्मुला वानको प्रतियोगिता अजरबैजान ग्राण्ड प्रिक्स स्थगित भएको छ। विश्वमा फैलिएको कोरोना भाईरसको कारण आगामी जुन महिनामा तय भएको प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ।
बाकुमा हुने प्रतियोगिता जुन ७ मा हुने तालिका रहेको थियो। तर, चीनबाट फैलिएको कोरोनाले विश्वमा महामारीको रुप लिएपछि प्रतियोगिता स्थगित भएको हो।
यसअघि अष्ट्रेलिया, बहराइन, भियतनाम, नेदरल्यान्ड्स, स्पेन, फ्रान्स र चीनको प्रतियोगिता स्थगित भईसकेको छ। एजेन्सी