चैत्र ९ । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि देशभरका रेल सेवा बन्द गरिएको छ।
भारतीय रेल मन्त्रालयले ३१ मार्चसम्म देशभरका सबै रेल सेवा बन्द गर्ने निर्णय गरेको हो। रेल मन्त्रालयले सबै एक्सप्रेस, मेल र यात्रु रेल बन्द हुने जानकारी दिएको छ। त्यस्तै अग्रिम बुकिंग गरेका यात्रुको रकम फिर्ता गरिने रेलवे बोर्डले जानकारी दिएको छ।
भारतमा अहिलेसम्म कोरोनाबाट ३४९ जना संक्रमित भएको र ६ जनाको मृत्यु भएको छ।
Facebook Comments


























