धनगढी, चैत्र ९ । कैलालीको गोदावरीमा भएको बिस्फोटमा परेर १ जनाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–४ फुलबस्तीमा पित्तल जस्तो देखिने वस्तु विस्फोट भएर ४० वर्षीय नरबहादुर विकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक ९एसपी० सुदिप गिरीले पित्तल जस्तो देखिने वस्तु जंगलमा भेटेर घरमा ल्याएर तताउँदा विस्फोट भएर विकको मृत्यु भएको बताए।
घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्ट नेतृत्व टोली घटनास्थलमा गएको छ।
Facebook Comments


























