चितवन, चैत्र ८ । नेपालको प्रदेश नम्बर ५ मा पर्ने दाङ जिल्लाको राप्ती गाउँपालिका– १, भालुबाङ्ग निवासी ३४ वर्षीय गायत्री घर्तीलाई विगत दुई वर्षदेखि ब्रेन ट्युमर भएको छ। उनि ३ छोराकी आमा पनि हुन्। जीवन घर्ती, विशाल घर्ती, निरज घर्ति क्रमश ११, १५ र १४ बर्षका तिन छोराको पनि बिजोक अवस्था भएको छ।
अहिलेसम्म चारपटक सम्म ब्रेन ट्युमरको अपरेसन गरिसकिएको छ। उपचार गर्नको लागि आर्थिक अवस्था नाजुक रहेको र अपरेसन गर्दा सबै आफ्नो घरजग्गा बेचेर र सम्पूर्ण सम्पत्ति सकिएको तर अहिलेसम्म पनि निको नभएको तथा औषधि चलाइरहेको हुँदा साथै तीनवटा छोराहरुलाई पढाउन समेत नसक्ने स्थिति भएको हुँदा सहयोगी सम्पूर्ण मनप्रति सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेकी छिन्।
अहिलेसम्म गायत्री घर्तिको उपचारका लागि ४२ लाख ७ हजार ५ सय रुपैयाँँ खर्च भैसकेको छ। अलिअलि भाको सम्पति पनि सकिएर अहिले उपचारका लागि खर्च नभएर अरुको सहयोगको आशामा बसेकी छिन्। यसकारण तपाई पनि आफुले सकेको सहयोग गर्न चाहानुहुन्छ भने तल दिईएको ठेगाना, फोन नम्बर अनुसार सहयोग गर्न सक्नुहुनेछ।
सहयोग पठाउनकाे लागि :
बैंक खातावालाकाे नाम : पिते घर्ति ,Pite Gharti
खाता नम्बर : ०१२०१२००३०००६३३८५०००००१
बैंकको नाम, शाखा : कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, भालुबाङ्ग, दाङ
थप जानकारी अथवा सहयोगकाे लागि : ९८४५४२२५०२ वा ९८०९१८९१११ ( निराज रानाभाट )


























