चैत्र ८ । इटालियन क्लब नापोलीले बुधबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ। इटालीमा कोरोना भाईरसले महामारीको रुप लिईरहेको भएपनि नापोलीले प्रशिक्षण सुरु गर्ने भएको हो।
‘नापोलीको टिमले बुधबार (मार्च-२५) बाट टेक्निकल सेन्टरमा प्रशिक्षणको सुचारु गर्नेछ,’ नापोलीले भनेको छ।
इटालीमा कोरोनाको कारण ४ हजार बढी मानिसको मृत्यु भईसकेको छ। सरकारले इटालीमा लक डाउन गरेको छ। तर, नापोलीले भने सुरक्षालाई चुनौती दिँदै प्रशिक्षण गर्न लागेको हो।
यस्तै क्लब काग्लियारीले पनि सोमबारबाट प्रशिक्षण गर्ने तयारी गरेको छ। त्यस्तै लाजियोले अर्को साताबाट प्रशिक्षण थाल्ने छ।
इटालीमा खेलाडीलाई समेत कोरोनाको संक्रमण देखिएको छ। एजेन्सी ।
Facebook Comments


























