काठमाडौं, चैत्र ७ । काठमाडौं बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको आरोपमा २३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टिकट काउन्टरका कार्मचारी मुकेशप्रसाद साहलगायत रहेको प्रहरीले जनाएको छ।
काठमाडौंको बल्खु र कलंकीबाट उपत्यकाबाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गरेको आरोपमा उनीहरू पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले तोकिएभन्दा बढी भाडा लिएमा खबर गर्नसमेत आग्रह गरेको छ। कोरोना भाइरसको त्रास बढेपछि उपत्यका छाड्ने क्रम बढेको छ।
Facebook Comments


























