भरतपुर, चैत ६ । विश्वभर कोरोना भाइरसको प्रभाव परिरहेका बेला बेलायतका एनएचएस अस्पतालहरूले भने अन्तिम अवस्थामा पुगेका संक्रमितलाई भिडियो कलमार्फत परिवारसँग बिदा माग्न सुझाव दिएका छन्। कोराना भाइरस संक्रमण फैलिन नदिनको लागि अस्पतालहरूले प्रोत्साहन स्वरूप नयाँ निर्देशन गरेका हुन्।
एनएचएस अस्पतालहरुलाई आधिकारिक निर्देशनमा यो पनि भनेको छ कि, ‘मानिसहरूलाई घातक रोगको फैलावट रोक्न सघन उपचारमा रहेका बिरामीलाई भेट्न जानु हुँदैन।’
द टेलीग्राफको रिपोर्टअनुसार परिवारका सदस्यहरूलाई ‘मोबाइल उपकरण र भिडियो कल’ प्रयोग गरेर मात्रै बिरामीसँग बोल्न प्रोत्साहित गरिएको छ। यस निर्देशनलाई बेलायत भरका अस्पतालहरूलाई सघन उपचार चिकित्सा संकाय र रोयल कलेज अफ एनेस्थेटिस्टद्वारा जारी गरिएको थियो। (द सनको सहयोगमा)
Facebook Comments






















