काठमाडौं, चैत्र ७ । देशभरका अदालत दुई साता बन्द हुने भएका छन्। आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालत दुई साता बन्द गर्ने निर्णय गरेका हो।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले कोरोनाबाट जोगिन अदालत बन्द गर्न आग्ह गरेपछि आज पूर्ण इजलाशको बैठक बसेको थियो। बेठकले चैत २१ गतेसम्म देशभरका सबै अदालत बन्द गर्ने निर्णय गरेको हो। शुक्रबार पुर्ण इजलाशको बैठक बस्ने भन्दै पेशी स्थगीत गरिएका थियो।
बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने अदालती कारवाही रोकिने छैन।
यसअघि राष्ट्रियसभा पनि अनिश्चितकालमा स्थगन गरिसकिएको छ। सरकारले कोरोनाको त्रास बढेपछि २५ जनाभन्दा बढी भेला नहुन आग्ह गरिसकेको छ। विश्वविद्यालय र लोकसेवा आयोगले समेत सम्पुर्ण परिक्षा स्थगित गरिसकेका छन्।
Facebook Comments


























