रुस, चैत्र ७ । रुसका वैज्ञानिकहरूले साइबेरियास्थित एक प्रयोगशालामा कोरोनाभाइरसको सम्भावित खोपको परीक्षण जनावरहरूमाथि गर्न थालेको रुसको उपभोक्ता स्वस्थय नियामकले शुक्रवार बताएका छन्।
रुसमा कोरोनाभाइरसका १९९ केस देखिएका छन् जुन अन्य युरोपेली मुलुकहरूभन्दा निकै कम हो। तर केसको संख्या हालै बढेर गएको छ। भाइरस संक्रमण पुष्टि भएका एकजनाको मृत्यु भएको छ।
नोभोसिबिर्स्क शहरमा रहेको भेक्टोर स्टेट भाइरोलोजी यान्ड बायोटेक्नोलोजी सेन्टरको वैज्ञानिकहरूले खोपका प्रोटोटाइप बनाएका छन् र सोमवारदेखि परीक्षण थालेका छन्। ती कति प्रभावकारी छन् र कतिवटा डोजमा तिनलाई दिने हो भनी परीक्षण भइरहेको नियामकको भनाइ छ।
संसारभरिका वैज्ञानिकहरूले खोपको विकास प्रक्रिया लामो र जटिल रहेको बताएका छन्। खोपको व्यापक प्रयोग आगामी एक वर्ष वा डेढ वर्षमा मात्र गर्न मिल्नेछ।
Facebook Comments


























