चितवन, चैत्र ६ । मनकामना केबलकार चैत्र मसान्तसम्मको लागि बन्द हुने भएको छ। विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसलाई मध्यनजर गर्दै शनिबारदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रा.लि.का नायव महाप्रबन्धक डीएन कायस्थले जानकारी दिए।
सरकारले अत्यावश्यक काम बाहेक आवतजावत, हिँडडुल गर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएसँगै जिल्ला प्रशासन कार्यालय चितवनले केबलकार पनि बन्द गर्न निर्देशन दिएको हो।
Facebook Comments

























