कोलम्बो, चैत्र ५ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि श्रीलंकाले देशका केही स्थानमा कर्फ्यू जारी गरेको छ।
श्रीलंका प्रहरीले बुधबार मुलुकका पुत्तालम जिल्लाका ११ स्थान, चिल्ला क्षेत्रका ७ स्थान र कोचिकादे क्षेत्रमा बुधबार दिउँसो साढे ४ बजेबाट लागू हुनेगरी कर्फ्यू जारी गरेको हो।
यो क्षेत्रमा क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ छ। मुलुकले क्वारेन्टाइनको व्यवस्था गर्नुअघि नै ४ हजारभन्दा धेरै मानिसहरु प्रवेश गरेको र तीमध्ये ८ यस जना इटालियन नागरिक छन्।
ती ८ सय मध्ये अधिकांश इटालियनहरु पुत्तालम क्षेत्रमा खुलेआम घुमिरहेका कारण जोखिम बढेको भन्दै कर्फ्यू जारी गरिएको हो। उनीहरुलाई तत्काल नजिकैको अस्पताल गई दर्ता हुन आह्वान गरिएको छ।
हाल श्रीलंकामा २,२२८ जनालाई मुलुकका विभिन्न १६ क्षेत्रमा रहेका क्वारेन्टाइनमा राखिएको छ।






















