काठमाडौं, चैत्र ५ । सरकारले कोरोना भाइरसको संक्रमणबारे नागरिकलाई त्रसित र भ्रमित बनाउने सञ्चारमाध्यम र समाजिक सञ्जाल प्रयोगकर्तालाई कारबाही गर्ने बताएको छ।
बुधबार रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
निर्णयमा भनिएको छ, “सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरि कुनै पनि सञ्चार माध्यम सामाजिक सञ्जाल समेतबाट गलत अभिव्यक्ती दिएमा कानुन बमोजिम कारबाही गरिनेछ।”
Facebook Comments


























