चितवन, चैत्र ५ । सौराहामा विदेशी पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा एकजना पक्राउ परेको छ।
सौराहाको एक कपडा पसलमा यही चैत्र ३ गते कपडा किन्न गएकी वेलायती महीलालाई यौनाङ्ग देखाएको आरोपमा रत्ननगर नगरपालिका-६ बछौलीका २१ वर्षीय सुनिल परियारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखरकुमार शाहले जानकारी दिए।
पक्राउ परेका परियारलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १२२ बमोजिम सार्वजनीक स्थानमा यौनाङ्ग देखाउन नहुने अन्र्तगत म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरी निरीक्षक शाहले वताए।
Facebook Comments


























