काठमाडौं, चैत्र ५ । मकवानपुर र धनुषाबाट श्रोत नखुलेको भारतीय रुपैयाँसहित तीनजना पक्राउ परेका छन्।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ बाट श्रोत नखुलेको भारतीय रुपैयाँ ९ लाख ९९ हजार दुईजना पक्राउ परेका हुन। पक्राउ पर्नेमा भारत बैरातपुर पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरी र अन्य एकजना छन्।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले लमहीबाट वीरगंजतर्फ जाँदै गरेको डब्लुबि २३ ई २३३३ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो।
यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका–१२ स्थित जनकपुर एयरपोर्टबाट २ हजार दरको नोट १ सय ५० थान रहेको ३ लाख श्रोत नखुलेको भारतीय रुपैयाँ एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत मुजफरपुर बस्ने २० वर्षीय शिवम कुमार छन्।
जनकपुरबाट काठमाडौं जान लागेका कुमारलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।


























