काठमाडौं, चैत्र ५ । विश्वरभर कोरोना भाइरस (कोभिड–१९) ले आक्रन्त बनाइरहेका बेला नेपालमा भने त्यसको फाइदा उठाउँदै केही व्यवसायीहरुले कालोबजारी गर्न थाले। फलस्वरुप सरकार कडा रुपमा प्रस्तुत भएको छ।
ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी दुई विक्रेतालाई जनही दुई लाखका दरले जरिवाना गराएको छ।
सत्याल एण्ड किराना पसल टिकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार जनही दुई लाखका दरले जरीवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
कुनैपनि वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, तोकिए भन्दा अधिकतम् मूल्य लिने काम कुनै पनि व्यपारीक र्फमहरुले गरे सम्पर्क गर्न विभागले आग्रह गरेको छ। उपभोक्ताले ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न सकिनेछ।
Facebook Comments


























