रौतहट, चैत्र ५ । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलिले चाईनिज र घरेलु पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ।
जिल्ला स्थित फतुवा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको नेतृत्वमा गएको टोलिले चेकजाँचको क्रममा उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं। ३ राजपुर तुलसी बस्ने ४९ बर्षिय शेख बैतुलाह रहेको सशस्त्र प्रहरी ११ नम्बर कार्यालयका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजितले जानकारी दिएका छन्।
बैतुलाहको साथ बाट चाईनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, ७।६५ एमएमको बौल २ थान, कटुवा पेस्तोल १ थान,मोबाईल २ थान,घडी १ थान लगायतका बरामद भएको प्रहरी उपरिक्षक कर्णजीतले बताए।
अभियुक्तले प्रयोग गरेको बिआर ०५ टि ८१३६ नम्बरको मोटरसाइकल समेत बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ।

























