चैत्र ५ । बर्नलीका प्रशिक्षक सिन डिचेले प्रिमियर लिगको ‘म्यानेजर अफ दि मन्थ’ अवार्ड जितेका छन्।
फेब्रुअरी महिनाको उत्कृष्ट प्रशिक्षक बन्दै डिचेले ‘म्यानेजर अफ दि मन्थ’ अवार्ड पाएका हुन्।
डिचेले फेब्रुअरी महिनामा क्लबलाई अपराजित राख्न सफ़ल भएका थिए। बर्नलीले फेब्रुअरीमा आर्सनल र न्युकासलसँग बराबरी खेल्दा साउथह्याम्पटन र बर्नेमाउथलाई हराएको थियो।
फेब्रुअरीको उत्कृष्ट नतिजासँगै बर्नली लिगको दशौँ स्थानमा समेत उक्लिएको थियो। एजेन्सी
Facebook Comments

























