चैत्र ५ । इंग्ल्यान्डले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित गरेको छ।
विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै इंग्ल्यान्डले अष्ट्रिया र रोमानियासँगको मैत्रीपूर्ण खेल स्थगित गरेको हो।
इंग्ल्यान्डले युरोकप अघि आगामी जुनमा अष्ट्रिया र रोमानियासँग खेल्ने तालिका रहेको थियो। इंग्ल्यान्ड र अष्ट्रियाबीच जुन २ र रोमानियासँग जुन ७ मा खेल्ने तालिका रहेको थियो।
तर, चीनबाट फैलिएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि खेल स्थगित गरिएको हो। यस्तै युईएफएले सन् २०२० को युरोकप फुटबल पनि एक वर्ष पछि सारेको छ। एजेन्सी
Facebook Comments


























