चितवन, चैत्र ३ । नारायणी नदीको पुलबाट आइतबार साँझ एक पुरुषले हाम फालेका छन्। भरतपुर ११ भोजाडका ३५ बर्षिय भिम लामा राती ८ बजेर २५ मिनेटमा पुलको विच भागबाट लामाले हाम फालेका थिए।
स्थानियले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हाम फालेको लामाको तत्कालै सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments

























