चितवन, चैत्र २ । तमू समाज बेल्जियमले क्यान्सर रोगका बिरामीलाई आर्थिक सहयोग गरेको छ। समाजले बेल्जियममा रहेका नेपालीबाट संकलन गरेको दुई लाख ८५ हजार रुपैयाँ रकम विगत दुई वर्षदेखि क्यान्सर रोगसँग जुधिरहेकी ३४ वर्षिया ममता गुरुङलाई सहयोग गरेको हो।
आइतबार भरतपुरस्थित महाबौद्ध गुम्बा तीनखोलेमा भएको तमू कोने (घोताने) चितवनको भेलामा बिरामीको परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो।
तमू समाज बेल्जियमका पूर्व उपाध्यक्ष तथा तमू ह्युल छोंज धीं चितवनका अध्यक्ष गणेशबहादुर गुरुङमार्फत ममताकी आमा आइतमाया घलेले उक्त रकम बुझेकी हुन्।
ममताको उपचारको लागि यसअघि पनि बेल्जियमकै ‘सोकुदो ग्रुप’ ले नगद दुई लाख रुपैयाँ सहयोग गरेको थियो।
Facebook Comments


























