चैत्र २ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमितको संख्या आइतबार अपराहन्नसम्म १०७ पुगेको छ।
भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो अपडेट दिदै १७ विदेशीसहित भारतमा कोरोना संक्रमितको संख्या १०७ पुगेको जानकारी दिएको छ। भारतमा अहिलेसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ।
यसैबीच भारतले इरानमा फसेका २३४ जना र इटालीमा रहेका २१८ भारतीय नागरिकलाई भारत ल्याएको छ। साथै भारतले आजदेखि नेपालको सीमाका सडक यातायात अर्को आदेश सम्मका लागि बन्द गर्ने तयारी गरेको छ।
भारतले कोरोनाको संक्रमण रोकथाम गर्न नेपालसहित भूटान र म्यान्मारको सीमा नाकाबाट सडक यातायात बन्द गर्न लागेको छ भने पाकिस्तानसँग जोडिएका सिमा नाकाको यातायात मार्च १६ देखि बन्द गर्ने भएको छ। साथै भारतले बंगलादेशसँगको ट्रेन र बस सेवा अप्रिल १५ सम्म बन्द गरेको छ।
Facebook Comments


























