काठमाडौं, चैत्र २ । नेपाली बजारमा आजपनि सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ।
शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ७८ हजार ५ सय रहेको थियो। भने आज तोलामा १५ सयले कमि आइ प्रतितोला सुनको मूल्य ७७ हजार कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य ७६ हजार ७ सय रहेको छ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा एकैपटक ३० रुपैयाँले कमि आएको छ। शुक्रवार प्रतितोला चाँदीको मूल्य ८ सय २० रहेको थियो। भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी ७ सय ९० कायम भइ कारोवार भइरहेको छ।
Facebook Comments

























