काठमाडौं, चैत्र २ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार ‘फलोअप’ स्वास्थ्य परीक्षण हुँदैछ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन्। चिकित्सकहरु बिहानैदेखि तयारी अवस्थामा थिए।
शिक्षण अस्पतालका निर्देशक, चिकित्सक तथा कर्मचारीहरु तीन घण्टा भन्दा लामो समयदेखि प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आउने प्रतिक्षामा बसे। बिहान साढे १० बजेतिर मात्रै प्रधानमन्त्री ओली अस्पताल पुगेका हुन्। ओलीको मिर्गौला प्रत्यारोपणको क्रममा राखिएको टाँका तथा स्टेन्ट झिक्ने र अल्ट्रासाउण्ड गर्ने योजना छ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि गएको शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएर बालुवाटार फर्किएका हुन्।
प्रधानमन्त्री ओलीको गएको फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो। उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन्।

























