काठमाडौं, चैत्र २ । भारतका सबै क्रिकेट प्रतियोगिताहरु तत्काललाई स्थगीत भएका छन्।
विश्वका सबै टी–२० क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्म स्थगीत भइरहँदा भारतले सबै घरेलु प्रतियोगिता स्थगीत गर्ने निर्णय गरेको भारतीय क्रिकेट बोर्ड बीसीसीआईले जनाएको छ।
यसअघि दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय खेल रद्व गरिसकेको भारतले सम्पुर्ण घरेलु प्रतियोगिता समेत स्थगीत गरेको हो।
रणजी च्याम्पियन र भारतसंग हुने भनिएको ईरानी कप समेत तत्कालका लागि स्थगीत गरिएको छ। ईरानी कपसंगै सिनियर महिला एकदिवसीय नकआउट, विज्जी ट्रफी, सिनियर महिला एक दिवसीय च्यालेन्जर, महिला अन्डर–१९ एकदिवसीय नकआउट, महिला एकदिवसीय अन्डर–१९ स्थगीत भएका छन्।
यस्तै टी–२० लिग, सपुर लिग र नकआउट, महिला अन्डर–१९ टी २० च्यालेन्जर ट्रफी, महिला अन्डर–२३ नकआउट, महिला अन्डर–२३ एकदिवसीय च्यालेन्जर जस्ता प्रतियोगिता अर्को सुचना जारी नभएसम्मका लागि स्थगीत गरिएका छन्।
कोरोनाको प्रभावलाई हेरेर सबै घरेलु प्रतियोगिता अर्को सुचना जारी नभएसम्मका लागि स्थगीत गरिएको बीसीसीआईले जनाएको छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











