काठमाडौँ, चैत्र २ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका नेताहरुबिच आइतबार ‘भिडियो कन्फ्रेन्स’ मार्फत वार्ता हुँदैछ।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको परिवेशमा त्यसबाट जोगिन संयुक्त रणनीति बनाई सहकार्य गर्ने विषयमा छलफल गर्न सार्क राष्ट्रका नेताहरुले भिडियो मार्फत वार्ता गर्नका लागेका हुन्। भिडियो कन्फ्रेन्स बेलुका सवा पाँच बजेपछि सुरु हुनेछ।
भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदै छन्। ओली अहिले दोस्रो पटक मिर्गौला प्रत्यारोपण पश्चात स्वास्थ्य लाभ गरिरहेका छन्।
भिडियो वार्तामा कोरोना विरुद्धको साझा रणनीति केन्द्रमा रहने जनाइएको छ। सबैले आफ्नो देशले गरिरहेको प्रयास र योजना सुनाएपछि छलफल गरेर एकीकृत रणनीति बनाउने तयारी छ। यस्तै सार्कका गतिविधि सक्रिय बनाउने विषयमा पनि छलफल हुने जनाइएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











