काठमाडौं, चैत्र १ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कोरोनाभाइरस’को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान गरेकी छन्।
शनिबार ट्वीटमार्फत् उनले विश्वव्यापी महामारीको रूपमा फैलिएको ‘कोभिड–१९’ को संक्रमणबाट बच्न आवश्यक उपायहरू अवलम्बन गर्न आग्रह गरेकी हुन्।
राष्ट्रपति भण्डारीले सो रोगविरुद्धको विश्वव्यापी अभियानमा सबैलाई एकजुट हुन आह्वानसमेत गरेकी छन्।
‘विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस ९कोभिड–१९०को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं ! यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं !’–उनको ट्वीटमा लेखिएको छ।
Facebook Comments


























