बुटवल, चैत्र १। दाङ्ग प्रहरीले घोराहीमा रहेको एक होटल सञ्चालिका सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ। घरोही उपमहानगरपालिका–१४, लखनपार्कस्थित रोल्पाली सृष्टि होटल खाजा घरकी सञ्चालिका छवि पुनसहित १० जना जुवाडेलाई प्रहरीले १ लाख ७१ ह्जार ५ सय ८० रुपैयाँ नगद सहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार पक्राउ पर्नेहरुमा रोल्पाको रुन्टीगढी गाउँपालिका–६ निगालेका दुर्गा पुन, सोही गाउँपालिका–७, डुब्रिङका रेशम रोका, सोही स्थानका सोमराज बस्नेत, धनबहादुर घर्ति मगर, घोराही रतनपुरका पदमबहादुर बुढा, घोराही कमलघारीका दुर्गालाल रोका, मसिनाका फाले घर्ति, रतनपुरका जनक पुन र रोल्पा निलपानी घर भएकी होटल सञ्चालिका पुन रहेकी छन्।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























