काठमाडौं, चैत्र १ । प्राध्यापक डाक्टर दुर्गाप्रसाद भण्डारी (डि.पी ) को निधन भएको छ। उपचारको क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा उनको आज अपरान्ह १२ बजे निधन भएको पत्रकार समेत रहेका भण्डारीका आफन्त मुकुन्द भण्डारीले जानकारी दिए।
स्वर्गीय भण्डारीका चार वटा कृति बजारमा छन्। रोधि र फूल, त्यो धर्ती त्यो आकाश, मृगस्थली, नुरो बासुरी बजाईरहेको छ निवन्धसंग्रह चर्चित छन्। भण्डारीको जन्म डोटीको निरौलीमा भएको हो। भण्डारीले लामो समयसम्म त्रिवि केन्द्रिय क्याम्पसको अंग्रेजी विभागको प्रमुख भएर काम गरेका थिए। भण्डारीलाई बिर्सिने र फोक्सोसम्बन्धी रोग थियो। उनी लामो समयदेखि यो रोगबाट ग्रसित थिए।
उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने बुझिएको छ।
Facebook Comments


























