काठमाडौं, चैत्र १ । फिल्म ‘केजीएफ २’ को रिलिज मिति घोषणा भएको छ। यश र संजय दत्त अभिनित यस फिल्म अक्टुवर २३ मा रिलिज हुने भएको छ। ‘केजीएफ २’ सन् २०१८ मा निकै रुचाइएका फिल्म ‘केजीएफ’ को दोस्रो भाग हो। भारतिय मिडियाका अनुसार शुक्रबार यस फिल्मको रिलिज मिति घोषणा गरिएको हो।
यो फिल्म तेलेगु, तमिल, मलायालम र हिन्दी गरी पाँच भाषामा रिलिज हुने बताइएको छ। यस फिल्ममा यशले शासकको रुपमा भुमिका निर्वाह गर्नेछन् भने संजय खलनायकको भूमिकामा हुनेछन् । प्रशान्त निलले निर्देशन गरेको यस फिल्ममा यश, संजय दत्त, रविना टन्डन र श्रीनिधि शेट्टीको मुख्य भुमिका रहनेछ।
Facebook Comments


























