काठमाडौं, फागुन ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठलाई २ लाखभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ।
दुई लाख तीन हजार पाँच सय घुससहित डिभिजन वन कार्यालय दौलखाका कार्यरत डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।
काठ व्यापारीसँग घुस रकम उठाइ सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउँदै गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले भक्तपुरको गठ्ठाघर चोकबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
Facebook Comments

























