काठमाडौं, फागुन २६ । प्रहरीले काठमाडौ उपत्यकाका विभिन्न स्थानमा होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका मध्ये २२ जना पुरुष र ३ जना महिला छन्। काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीका अनुसार पक्राउ पर्नेहरुलाई महाराजगञ्ज, बालाजु, कालीमाटीलगायतका प्रहरी वृत्त तथा प्रभागमा राखिएको छ। त्यस्तै सवारी नियम उल्लंघन गर्ने ५२ वटा २ पांग्रे सवारी र एउटा कारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
गत वर्षको तुलनामा यस पटक होली खेल्नेको संख्या निक्कै कम रहेकाले उच्छृङखल गतिविधिमा कमी आएको छ।
Facebook Comments

























