फागुन २६ । कोरोना भाइरसको असर इन्डियन पीमियर लिग (आइपीएल) मा पनि पर्ने देखिएको छ। विश्वको सवैभन्दा चर्चित आइपीएलको संस्करण रोक्ने बिषयमा भारत सरकारले छलफल थालेको छ। महाराष्ट्र प्रदेशका स्वास्थ्यमन्त्री राजेश टोपेले आइपीएलको मिति सर्न सक्ने संकेत गरेका छन्। २९ मार्चबाट सुरु गर्न लागिएको आइपीएल तत्कालका लागि स्थागित गर्ने संकेत महाराष्ट्र सरकारले गरेको छ।
आइपीएलमा हजारौ मानिसहरु एकै ठाउँमा सहभागी हुने र त्यसबाट कोरोना भाइरसको फैलिने जोखिम बढेको भारत सरकारले जनाएको छ। तर सरकारको यो प्रस्तावलाई भने भारतीय क्रिकेट बोर्डले अस्वीकार गरिदिएको छ। कोरोना भाइरसका कारण भारतले पनि ठुला ठुलो कार्यक्रमहरु स्थगित गरेको छ।
आइपीएल रद्द गर्ने बिषयमा भारतीय क्रिकेट बोर्ड बिसीसीआई र भारत सरकारबीच कुरा मिलिसकेको छैन। तर महाराष्ट्रका स्वास्थ्यमन्त्रीले रोक्नु पर्ने अडान लिएका छन्। ‘ठुला ठुला कार्यक्रमहरु स्थगित गरिदै आएको छ। मानिसको जिन्दगी पनि अनमोल छ’ स्वास्थ्यमन्त्री टोपेले भने ‘भीडभाड भएको ठाउँमा भाइरस फैलिने खतरा छ। त्यसबाट जोगिन पनि आइपीएलको मिति हेरफेर गर्न आवश्यक छ।’
तर स्वास्थ्यमन्त्रीको तर्कप्रति बीसीसीआई सहमति छैन। बीसीसीआईका अध्यक्ष सौरव गांगुलीले आईपीएल रद्द नहुने बताएका छन्।


























