पोखरा, फागुन २६ । पोखराको फेवातालमा कार खस्दा ४ जना घाइते भएका छन्।
फेवातालको सिरान खपौदीबाट लेकसाइडतर्फ आउँदै गरेको ग २ च ६९१२ नम्बरको कार सोमवार करीब १२ बजे ताल किनार सेदीबाट खस्दा ४ जना सामान्य घाइते भएका हुन्।
कार घुम्तीमा मोड्ने क्रममा १ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।
दुर्घटनामा परी घाइते हुनेमा पोखरा–६ लेकसाइडका ३२ वर्षीय चिरण बस्नेत, ३१ वर्षीय सञ्जय यादव, कार चालक ३७ वर्षीय राजु पहारी र उनकी २ वर्षीया छोरी राविया पहारी छन्।
घाइतेको पोखराको सिर्जना चोकस्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























