लमजुङ, फागुन २६ । लमजुङमा पौडी खेल्न गएका बालकको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
राइनास नगरपालिका– ७ चेपेखोलाको गंगटेमा पौडी खेल्ने क्रममा डुबेर १४ बर्षीय बालक अनिल नेपालीको मृत्यु भएको हो। राइनास नगरपालिका– ७ बाङ्गे चौर बस्दै आएका उनी आफ्ना साथीहरूसँग स्थानीय चेपे नदीमा पौडी खेल्न गएका थिए।
नेपाली मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताए। उनका अनुसार नेपालीको शव पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ।
Facebook Comments


























