काठमाडौँ, फागुन २६ । बलिवुडमा शुक्रबार रिलिज भएको टाइगर सराफको फिल्म बागी-३ ले रिलिजको तीन दिनमा ५० करोडको कमाई गरेको छ।
फिल्मले रिलिजको तेस्रो दिन २० करोड ३० लाख कमाई गरेपछि तीन दिनमा कुल ५३ करोड ८३ लाख कमाई गरेको हो।
फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाई गरेको थियो भने दोस्रो दिन १६ करोड ३ लाख कमाई गरेको थियो।
बागी-३ को कथा कमजोर रहेको रिभ्युले असर गरेको बताइएपनि फिल्मलाई अहिले विश्वभर चलेको कोरोनाले समेत असर गरेको देखिएको छ।
टाइगर सराफको क्यारियरमा भने बागी-३ विकइन्डमा तेस्रो धेरै कमाई गर्ने फिल्म बनेको छ।
२०१९ मा रिलिज भएको वारले ५ दिनको विकइन्डमा १६६ करोड २५ लाख कमाई गरेको थियो। त्यस्तै २०१८ मा रिलिज भएको बागी-२ ले तीन दिनमा ७३ करोड १० लाख कमाई गरेको थियो।
त्यस्तै बागी-३ ले तीन दिनमा ५३ करोड ८३ लाख कमाई गरेको छ। त्यस्तै २०१९ मा रिलिज भएको स्टुडेन्ट अफ द इयर-२ ले तीन दिनमा ३८ करोड ८३ लाख कमाई गरेको थियो। त्यस्तै २०१६ मा रिलिज भएको फिल्म बागीले ३८ करोड ५८ लाख कमाई गरेको थियो।


























