फागुन २६ । कतार सरकारले कोरोना भाइरसको संक्रमण रोक्न भन्दै नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेश रोक लगाएको छ। सोमबारबाटै लागू हुनेगरी कतार प्रवेशमा रोक लगाउने निर्णय कतार सरकारले लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
कतारले नेपाल, चीन, भारत, इजिप्ट, इराक, लेबनन, बंगलादेश, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, पाकिस्तान, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेश रोक लगाएको छ।
कतार नेपालको प्रमुख श्रम गन्तव्य हो। तर, कोरोनाको संक्रमण रोकथामका लागि प्रवेश रोक लगाएको छ। कतारमा समेत कोरोनाको संक्रमण देखिएको छ।
Facebook Comments























