ढाका, फागुन २५ । बंगलादेशमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ। बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारको अनलाइन सँस्करणले जनाएअनुसार संक्रमित सबैलाई त्यहाँको कुर्मितोला अस्पतालमा भर्ना गरिएको छ।
संक्रमितमध्ये दुई जना एकै परिवारको रहेको र उनीहरु इटालीबाट फर्केको जनाइएको छ। यसअघि भने बंगलादेशमा कोरोना भाइरसको संक्रमण देखा परेको थिएन।
गत वर्षको अन्त्यबाट चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोप हालसम्म एक सय भन्दा धेरै मुलुकमा फैलिसकेको छ। कोरोनाका कारण इटालीले १ करोड ६० लाख मानिसहरुलाई क्वारेन्टाइनमा बस्न आह्वान गरेको छ।
हालसम्म कोरोना भाइरसका कारण विश्वभर ३६ सय जनाको ज्यान गइसकेको छ भने अरु एक लाख भन्दा धेरै संक्रमित छन्।
Facebook Comments

























