कैलाली, फागुन २५ । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन्।
आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घाइते भएपछि भाइलाई उपचारका लागि अस्पताल लगिँदै गर्दा बालकको बाटैमा मृत्यु भएको हो।
भाइको हत्या गर्ने ती बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments

























