सर्लाही, फागुन २५ । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानले आफैंमाथि गोली प्रहार गरेका छन्। गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन्।
सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आफैंले बोकेको एसएलआरबाट आफैंतर्फ निशाना सोझ्याएका हुन्। सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले मिश्राले आफैंलाई घाँटीमा गोली प्रहार गरेको जानकारी दिए।
सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
Facebook Comments

























