बैतडी, फागुन २४ । बैतडीमा फरक–फरक दुई ठाउँमा दुईजना मृत फेला परेका छन्।
बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट र दार्चुलाको शैल्यशिखर नगरपालिका २ का ५६ वर्षीय मीनबहादुर पाल मृत फेला पर्नुभएको हो।
मेलौली नगरपालिका ६ हतरंगा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका ३ साउगाडामा र मीनबहादुर पाल बैतडीको डिलाशैनी गाउँपालिका ३ बगडीको सडक छेउमा आज बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
मृतक भट्टले शुक्रबार जाँडरक्सी सेवन गरेको र पालको पनि जाँडरक्सी सेवनबाट ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउन लागिएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
Facebook Comments


























