काठमाडौं, फागुन २४ । कोरोनाभाइरसको जोखिमपछि चरम अभाव भएको मास्कको माग धान्ने गरी उत्पादनको तयारी सुरु भएको छ।
नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा व्यवसायी दिपक मलहोत्रालगायतले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्ने भएका हुन्। चेम्बरले व्यवसायी दिपक मलहोत्राको संयोजकत्वमा मास्कको समस्या समाधानका लागि कमिटी गठन मलहोत्राले मास्क उत्पादन गर्ने मेसिन झिकाएका छन्।
भारतबाट मेशिन अर्डर गरिसकेकाले आगामी सातादेखि मास्क उत्पादन थाल्ने मलहोत्राले जानकारी दिएका छन्। एक हप्तामा ५ लाख पिस मास्क उत्पादन भएपछि मास्कको अभाव घट्ने उनले दावी गरेका छन्।
सरकारले मास्क र स्यानिटरी आइटममा तत्कालका लागि भन्सार मिनाहा छुट दिने निर्णय गरेपछि व्यवसायीहरु मास्कको आयात एवं उत्पादन गर्ने आवश्यक पर्ने सामग्री आयतामा केन्द्रित भएका हुन्।
Facebook Comments

























