काठमाडौं, फागुन २४ । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको पहिलो क्वाटरफाइनल खेल आज (शनिबार) हुँदैछ।
पोखरा रंगशालामा हुने पहिलो क्वाटरफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र आयोजक सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ। पुलिस र सहाराबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।
दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। दुवै टिम सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्न चाहन्छ।
विजेताले सेमिफाइनलमा थ्री स्टार र गान्तोक सिटी भारतबीचको विजेतासँग खेल्नेछ।
पुलिस बाइ पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो। यस्तै सहाराले ब्रिगेड ब्वाईज क्लबलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन्।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।


























