हुम्ला, फागुन २४ । लगातारको हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ। हुम्लाको नाम्खा र सिमकोट गाउँपालिकासहित जिल्लाको उत्तरी क्षेत्रमा शुक्रबार रातिदेखि लगातार हिमपात भइरहेको छ।
हिमपातका कारण स्थानीय बासिन्दा बाहिर निस्कन सकेका छैनन्। चिसो अत्याधिक बढेको छ भने हवाई सेवा बन्द भएको छ। रातिदेखि नै हुम्लामा विद्युत सेवा बन्द भएको छ भने मोबाइल फोनले काम गरेको छैन।
इन्टरनेट सेवा पनि हिमपातका कारण अवरुद्ध भएको छ। तर हिमपातका कारण किसान भने खुशी भएका छन्। स्याउका बिरुवा रोप्ने बेला भएको तथा अरु बालीका लागि जमिन जोत्ने बेला भएकाले किसान हिमपातका कारण खुशी भएका हुन्।
Facebook Comments


























